Kathmandu Press

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

काठमाडौं, वैशाख १० : शुक्रबार सुन प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको छ। 

बुधबार प्रति तोला ९२ हजार रुपैयाँ र बिहिबार थप २०० रुपैयाँ वृद्धि भएको सुनको मूल्य शुक्रबार भने घटेको छ। 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापा वाला सुन प्रति तोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ भने, तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ कायम भएको छ। 

यस्तै बिहिबार प्रति तोला एक हजार ३३५ रुपैंयामा कारोबार भएको चाँदीको मूल्यमा शुक्रबार थोरै घटेर एक हजार ३२० मा कारोबार भएको छ । 

प्रकाशित मिति: ११:२५ बजे, शुक्रबार, वैशाख १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्