भारतमा वायु चक्रवात, ६० लाख बासिन्दा प्रभावित हुने, नेपालमा असर नपर्ने
काठमाडौं, जेठ २९ : भारतमा दोस्रो पटक चक्रवात आउन लागेको छ। ‘वायु’ नाम दिएको यस चक्रवातले ६० लाख भारतीय बासिन्दा प्रभावित हुने जनाएको छ। आज....
काठमाडौं, जेठ २९ : भारतमा दोस्रो पटक चक्रवात आउन लागेको छ। ‘वायु’ नाम दिएको यस चक्रवातले ६० लाख भारतीय बासिन्दा प्रभावित हुने जनाएको छ। आजसम्म तीन लाख बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।
भारतीय मौसम विभागका अनुसार, अरब सागरमा हिजो वायु चक्रवात सुरू भएको छ। यो उत्तरतिर गइरहेको छ। भोलि भारतको गुजरात, महाराष्ट्र, कर्नाटक र गोवा राज्यसम्म पुग्ने जनाएको छ।
भारतीय मौसम विभागका उपमहानिर्देशक केएस होसलिकरका अनुसार, तटीय क्षेत्रमा तिव्रगतिमा हावा चल्नेछ। १३५ किलोमिटर प्रतिभण्टाका दरले हावा चल्ने जनाएको छ।
आज मुम्बइबाट २८० किलोमिटर टाढा वायु चक्रवाता पुगेको छ। भोलि गुजरातको तटीय क्षेत्रमा पुग्ने जनाएको छ।
आज गुजरातको तटीय क्षेत्रका तीन लाख बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। भारतीय सुरक्षाकर्मी व्यापक रुपमा परिचालन गरिएका छन्।
यसको सबैभन्दा बढी असर गुजरातको कच्छ, देवभूमि, द्वारका, पोरबन्दर, राजकोट, जूनागढ दीव, गिर, सोमनाथ, अमरेली र भावनगरलगायतका जिल्लामा पर्ने जनाएको छ।
भारतीय मौसम विभागका अनुसार, वायु चक्रवातबाट चार सय आठ गाउँका ६० लाख बासिन्दा प्रभावित हुनेछन्।
गुजरात, महाराष्ट्र, कर्नाटक र गोवामा सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ। केही जहाज र हेलिकप्टर पनि तयारी अवस्थामा राखिएको छ। तटीय क्षेत्रका बासिन्दालाई घर छोडेर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।
यस अघि उडिसामा पनि चक्रवात आएको थियो। जहाँ १२ लाख बासिन्दा प्रभावित भएका थिए। त्यहाँ १० बासिन्दालाई दुई दिनमा सुरक्षित स्थानमा सारिएको थियो।
यसको असर पाकिस्तानसम्म पर्ने जनाएको छ। नेपालमा भने वायु चक्रवातको असर पर्ने छैन। वायु चक्रवातका कारण सामान्य वर्षासम्म हुन सक्ने अनुमान गरिएको छ।






