Kathmandu Press

काठमाडौंमा खेल मैदानसहित हरित उद्यान निर्माण गर्दै एनसेल

काठमाडौं, वैशाख ९ : एनसेल आजियाटा लिमिटेडले काठमाडौंको लैनचौर मैदानको निर्माण तथा संरक्षण गर्न थालेको छ।व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत एनसेलले लैनचोरमा खेल मैदानसहितको हरित...
काठमाडौंमा खेल मैदानसहित हरित उद्यान निर्माण गर्दै एनसेल

काठमाडौं, वैशाख ९ : एनसेल आजियाटा लिमिटेडले काठमाडौंको लैनचौर मैदानको निर्माण तथा संरक्षण गर्न थालेको छ।

व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत एनसेलले लैनचोरमा खेल मैदानसहितको हरित उद्यान निर्माण गर्न थालेको हो। काठमाडौं महानगरपालिका २६ मा रहेको लैनचौर मैदानमा मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, खुला जिमखाना र बालबालिकाका लागि खेल्ने स्थानको व्यवस्था गर्न लागिएको हो। यो उद्यान क्षेत्रफल ५४ हजार ९२१ बर्गफिट रहेको छ।

यो उद्यान निर्माणका लागि एनसेल र काठमाडौं महानगरपालिका २६ बीच सहझदारी भइसकेको छ। जसअनुसार, एनसेलले काठमाडौं महानगरपालिकाले तयार तथा स्वीकृत गरेको डिजाइन अनुसार लैनचौर हरित उद्यान निर्माणको कार्य थालेको हो।

ग्राउन्ड क्लियरेन्सको कार्य सम्पन्न गरी अहिले उद्यान निर्माणका लागि मैदान सम्याउने कार्य भइरहेको एनसेलले जनाएको छ। यस उद्यानमा परम्परागत ढुङ्गेधारा, उद्यानमा आउने मानिसहरुका लागि पार्किङ्, शौचालय र सोलार बत्तिको व्यवस्था हुने भएको छ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले सामाजिक आर्थिक विकासमा योगदान पुर्याउने र वातावरण क्षेत्रलाई प्राथमिकतामा राख्दै व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत गरिरहेका विभिन्न कार्यक्रमहरुमध्ये हरित उद्यान निर्माण भइरेको बताएका छन्। यसले शहरलाई स्वच्छ र हराभरा बनाउन सहयोग पुग्ने उनको विश्वास छ।

एनसेलले विभिन्न सामाजिक पहलअन्तर्गत अहिलेसम्म विभिन्न क्षेत्रमा एक अर्ब २७ करोडभन्दा बढीको योगदान दिइसकेको जनाएको छ।

त्यस्तै, वातावरण क्षेत्रअन्तर्गत, एनसेलले वनतथा भु–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्ने काम पनि गर्दै आएको छ। वातावराण संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले झण्डै १०.२ किलोमिटर लामो सडक खण्डको हरियाली विकास तथा संरक्षण गर्दै आएको जनाएको छ।

प्रकाशित मिति: २१:१७ बजे, बिहीबार, वैशाख ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्