खुलामञ्चको बसपार्क अर्को साता हटाइने
काठमाडौं, वैशाख ९ : काठमाडौंको खुलामञ्चमा सञ्चालन भइरहेको बसपार्क वैशाख १५ गतेबाट हटाइने भएको छ।काठमाडौं महानगरपालिकाले खुलामञ्चबाट बसपार्क हटाउने निर्णय गरेको हो। बिहीबार...
काठमाडौं, वैशाख ९ : काठमाडौंको खुलामञ्चमा सञ्चालन भइरहेको बसपार्क वैशाख १५ गतेबाट हटाइने भएको छ।
काठमाडौं महानगरपालिकाले खुलामञ्चबाट बसपार्क हटाउने निर्णय गरेको हो। बिहीबार महानगरपालिका, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी महाशाखाका अधिकारीबीच भएको छलफल पनि खुलामञ्च खाली गर्ने सहमति भएको जनाएको छ।
बसपार्कसँगै खुलामञ्चका अन्य संरचना पनि हटाइने महानगरले जनाएको छ। खुलामञ्चलाई पुरानै स्वरुपमा प्रयोग गर्ने निर्णय गरिएको हो।
खुलामञ्चस्थित बसपार्कबाट सञ्चालन भइरहेका छोटो दूरीका सवारी साधनले पिक एन्ड ड्रप प्रणाली लागू गर्नुपर्नेछ। त्यस्तै, मध्यम दूरीका सवारी साधन गोंगबु बसपार्कबाट सञ्चालन गर्नुपर्नेछ।
प्रकाशित मिति: १९:२८ बजे, बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











