कोरोना संक्रमितमा २० देखि २९ वर्षका युवा धेरै
काठमाडौं, वैशाख ९ : पछिल्लो २४ घन्टामा पुष्टि भएका कोरोना संक्रमितमध्ये सबैभन्दा बढी २० देखि २९ वर्षका युवा रहेका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
काठमाडौं, वैशाख ९ : पछिल्लो २४ घन्टामा पुष्टि भएका कोरोना संक्रमितमध्ये सबैभन्दा बढी २० देखि २९ वर्षका युवा रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर दुई हजार चार सय २८ जना संक्रमित देखिएको छ। उनीहरुमध्ये सबैभन्दा बढी २० देखि २९ वर्षका युवा रहेका छन्।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार, कुल संक्रमितमध्ये २० देखि २९ वर्ष युवाका पाँच सय ७५ जना रहेका छन्। त्यस्तै, ३० देखि ३९ वर्षका ५ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ।
यसैगरी ४० देखि ४९ वर्षका चार सय ४० जना, ५० देखि ५९ वर्षका तीन सय जना र ६० वर्षभन्दा माथिका दुई सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। ्
बालबालिकामा पनि संक्रमण बढ्दै गएको छ। नौ वर्षसम्मका ५१ बालबालिका र १० देखि १९ वर्षका एक सय ८८ बालबालिकामा संक्रमण देखिएको छ।
पछिल्लो पटक गम्भीर बिरामीको संख्या पनि बढ्दै गएको छ। अहिलेसम्म देशभर एक सय ७० जना आईसीयूमा र ५९ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।










![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)
