पशुपतिनाथ मन्दिरमा पूजापाठ गर्न राेक
काठमाडौं, वैशाख ९ : पशुपतिनाथ मन्दिरमा भक्तजनलाई पूजापाठ गर्न अनिश्चितकालका लागि रोक लगाइएको छ।कोरोना भाइरसको महामारीका कारण शुक्रबारदेखि लागू हुने गरि अर्को निर्णय...
काठमाडौं, वैशाख ९ : पशुपतिनाथ मन्दिरमा भक्तजनलाई पूजापाठ गर्न अनिश्चितकालका लागि रोक लगाइएको छ।
कोरोना भाइरसको महामारीका कारण शुक्रबारदेखि लागू हुने गरि अर्को निर्णय नहुँदासम्मका लागि पूजापाठ रोक लगाइएको हो। यो अवधिमा भक्तजनले पूजा गर्न नपाउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
बढ्दै गएको कोरोना संक्रमण रोकथामका लागि भक्तजनहरूलाई मन्दिर दर्शन गर्न रोक लगाइएको कोषका कोषाध्यक्ष मिलनकुमार लामाले जनाएका छन्। भक्तजनहरूलाई पशुपतिनाथको दर्शनमा रोक लगाए पनि दैनिक गरिने पूजा भने नरोकिने कोषले जनाएको छ।
प्रकाशित मिति: १८:४४ बजे, बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











