पश्चिमी वायुको प्रवेश, सुदूरपश्चिममा हावाहुरी र मेघ गर्जनसहित वर्षा
काठमाडौं, जेठ २९ : पश्चिमी वायु नेपाल प्रवेश गरेको छ। जसका कारण सुदूरपश्चिममा बिहानैदेखि हावाहुरी मेघ गर्जनसहित वर्षा हुन थालेको जनाएको छ।
म....

काठमाडौं, जेठ २९ : पश्चिमी वायु नेपाल प्रवेश गरेको छ। जसका कारण सुदूरपश्चिममा बिहानैदेखि हावाहुरी मेघ गर्जनसहित वर्षा हुन थालेको जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज बिहानै पश्चिमी वायु नेपाल प्रवेश गरेको हो। सुदूरपश्चिम भएर नेपाल प्रवेश गर्दा कैलालीमा बिहानैदेखि हावाहुरी चल्न थालेको छ। मेघ गर्जनसहित वर्षा पनि भइरहेको महाशाखाले जनाएको छ।
पश्चिमी वायुका कारण मध्यमखाले वर्षा हुने जनाएको छ। जसको प्रभाव विस्तारै मध्य र पूर्वि नेपालमा पनि पर्ने महाशाखाले जनाएको छ।
भोलि भने देशभर आंशिक रुपमा बदली हुने जनाएको छ। जसका कारण देशभर हल्का वर्षा हुनेछ।
महाशाखाका अनुसार, अगामी तीन दिनसम्म मौसम बदली हुनेछ। जसले गर्दा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको छ।