Kathmandu Press

नेपाल समूह विराटनगर महानगरकाे छुट्टै कार्यालय

विराटनगर, वैशाख ९ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको विराटनगर महानगरपालिका कमिटीले कार्यालय स्थापना गरेको छ।उक्त महानगरपालिकामा चैत २८ गते युवा नेता...
नेपाल समूह विराटनगर महानगरकाे छुट्टै कार्यालय

विराटनगर, वैशाख ९ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको विराटनगर महानगरपालिका कमिटीले कार्यालय स्थापना गरेको छ।

उक्त महानगरपालिकामा चैत २८ गते युवा नेता पारुल क्षेत्रीको अध्यक्षतामा १ सय ७५ सदस्यीय महानगर समानान्तर कमिटी गठन गरिएको थियो। कमिटी गठनको दुई साता पनि नबित्दै सो समूहले नेकपा स्थापना दिवसको अवसर पारेर महानगरपालिकामा कार्यालय स्थापना गरेको हो।


नेपाल समूहले विराटनगर-२ स्थित तिनपैनीमा दुई त ले घर भाडामा लिएरमहानगर कमिटीको कार्यालय खोलेको हो। सो कमिटीले आजैदेखि (बिहीबारदेखि नै) सञ्चालनमा ल्याएको पार्टी कार्यालयको एमाले सचिव तथा प्रदेश १ इन्चार्ज भीम आचार्यले उद्घाटन गरेका थिए।

त्यस क्रममा आचार्यले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच छलफल भए पनि सकारात्मक रूपमा अगाडि नबढेकाले समानान्तर कमिटी निर्माण गर्दै अघि बढ्नुपरेको बताए।

प्रकाशित मिति: १७:४६ बजे, बिहीबार, वैशाख ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्