यो सिजन २८१ जना पुगे सगरमाथाको चुचुरोमा, झुठो विवरण दिने चार जनालाई आरोहणमा प्रतिबन्ध
काठमाडौं, जेठ २९ : यो सिजनमा २ सय ८१ आरोहीले सगरमाथाकाे सफल आरोहण गरेका छन्।
पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि अनुमति लिए....
काठमाडौं, जेठ २९ : यो सिजनमा २ सय ८१ आरोहीले सगरमाथाकाे सफल आरोहण गरेका छन्।
पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि अनुमति लिएका तीन सय ८१ मध्ये दुई सय ८१ आरोही चुचुरोमा पुग्न सफल भएका छन्।
त्यस्तै, उनीहरूको सहयोगीको रुपमा गएका तीन सय ७८ जनाले पनि सगरमाथाको सफल आरोहण गरेका छन्। जसमध्ये ६५ महिला र पाँच सय ९४ पुरुष आरोही रहेको विभागले जनाएको छ।
हिमाल आरोण गरेको सूचना दिएकामध्ये चार जनाले सगरमाथा आरोहण नगरी झुटो विवरण दिएको पाइएको विभागले जानकारी दिएको छ।
विभागका अनुसार जेठ ९ गते सगरमाथा आरोण गरेको विवरण दिएका यूएईकी खादिजा मोहम्मद अली, भारतका शोभा बनवाला, विकास राना र अंकुशको दाबी झुटो पाइएको हो।
उनीहरुका सहयोगीका रुपमा गएका पाँच जना नेपालीले पनि सगरमाथा आरोहण गरेको विवरण दिएका थिए। चार जनाले विवरण झुटो दिएकाले नेपालको कानूनअनुसार अब उनीहरू हिमाल आरोहणमा जान पाउने छैनन्।






