Kathmandu Press

अछाममा कोरोना संक्रमित पुरुषको मृत्यु

अछाम, वैशाख ९ : अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षीय एक पुरुषको कारोना भाइरसबाट आज बिहान मृत्यु भएको छ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका...
अछाममा कोरोना संक्रमित पुरुषको मृत्यु

अछाम, वैशाख ९ : अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षीय एक पुरुषको कारोना भाइरसबाट आज बिहान मृत्यु भएको छ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार भारतबाट रोजगारी गरी हालै घर फर्किएका ती पुरुषको जिल्ला अस्पताल मङ्गलसेनमा उपचारका क्रममा मृत्यु भएको हो।

ज्वरो तथा रुघाखोकी लागेपछि बुधबार उनीलाई बयलपाटा अस्पतालमा भर्ना गरिएको थियो। उनीको स्वास्थ्य परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए। 

उनका अनुसार कोरोना सङ्क्रमण देखिएपछि ती पुरुषलाई जिल्ला अस्पतालका आइसोलेशनमा राखेर उपचार शुरु गरिए पनि आज बिहान उनको मृत्यु भएको हो। 

दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटी तथा अछाममा एक÷एक जनाको मृत्यु भइसकेको छ।
 

प्रकाशित मिति: १४:२६ बजे, बिहीबार, वैशाख ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्