Kathmandu Press

आयल निगमका निर्देशक बरालले दिए राजीनामा

आयल निगमका निर्देशक बरालले दिए राजीनामा

काठमाडौं, वैशाख ९ : नेपाल आयल निगमका निर्देशक दीपक बरालले राजीनामा दिएका छन् । आपूर्ति तथा वितरण विभाग प्रमुख समेत रहेका बरालले अकास्मात् राजीनामा दिएका हुन्। 

कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको विश्वास पात्रका रूपमा काम गरिरहेका बरालले निगममा २५ वर्षभन्दा बढी समय बिताइसकेका छन् । 

गत २९ चैत राति रुपन्देहीको गैडहवा गाउँपालिका–७, सूर्यपुरामा रहेको अभिषेक आयल सप्लायर्समा तेल खन्याउने क्रममा ट्यांकरमा आगजनी भएको घटना पछि बरालले राजीनामा दिएको बुझिएको छ। 

आगजनीको विषयमा निगम केन्द्रीय कार्यालयमा घटना न्यूनीकरणबारे छलफल गर्न कर्मचारी बैठक डाकिएको समयमा बैठकमै बरालले राजीनामा पत्र दर्तासमेत गराएका हुन् । स्रोतका अनुसार बरालको राजीनामा स्वीकृत गर्ने पक्षमा कार्यकारी निर्देशक छैनन् । 

प्रकाशित मिति: १२:३१ बजे, बिहीबार, वैशाख ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्