Kathmandu Press

हरायो इन्डोनेसियाली नौसेनाको पनडुब्बी 

जकर्ता, वैशाख ९ : इनडोनेसियाको नौसेनाको पनडुब्बी हराएको छ। बुधबार इनडोनेसियाको उत्तरी बालीमा ५३ सेना सहित ड्रिल गरिरहेको इनडोनेसियाली नौसेनाको पनडुब्बी हराएको हो ।...
हरायो इन्डोनेसियाली नौसेनाको पनडुब्बी 

जकर्ता, वैशाख ९ : इनडोनेसियाको नौसेनाको पनडुब्बी हराएको छ। बुधबार इनडोनेसियाको उत्तरी बालीमा ५३ सेना सहित ड्रिल गरिरहेको इनडोनेसियाली नौसेनाको पनडुब्बी हराएको हो ।  

पनडुब्बीले बुधवार उत्तरी बालीको टापुमा ड्रिल सञ्चालन गरिरहेको थियो तर पुनः सम्पर्क नगरेको अधिकारीहरुले बताएका छन्। 

इन्डोनेसियाका सैन्य प्रमुखले केआरआई नङगाला–४०२ पनडुब्बी फेला पार्न युद्ध जहाज पठाएको बताएका छन। अधिकारीहरूले अस्ट्रेलिया र सिंगापुरलाई खोजमा सहयोग गर्न आग्रह गरेका छन्। ती देशहरूले सार्वजनिक रूपमा टिप्पणी गरेका छैनन्।

नौसेनोले अहिले यसको खोजी गरिरहेको छ। हामीलाई पनडुब्बी हराएको त्यो क्षेत्र थाहा छ तर यो निकै गहिरो छ,’ प्रथम एडमिरल जुलियस विडजोनोले भने।
इनडोनेसियाको नौसेनाका प्रवत्ताले पहिलो पटक इन्डोनेसियाले आफ्नो पनडुब्बी हराएको बताए ।

प्रकाशित मिति: १२:२१ बजे, बिहीबार, वैशाख ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्