प्रधानमन्त्री ओली र बेलायती प्रधानमन्त्री थेरेसाबीच भेटवार्ता
लण्डन, जेठ २८ : युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र बेलायतकी प्रधानमन्त्री थेरेसा ....
लण्डन, जेठ २८ : युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र बेलायतकी प्रधानमन्त्री थेरेसा मेबीच भेटवार्ता भएको छ।
मंगलबार प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटमा भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ। भेटमा द्विपक्षीय सहयोग आदानप्रदान, भूतपूर्व गोर्खा सैनिकको समस्या समाधान लगायतका विषयमा पनि छलफल भएको बताइएको छ।
बेलायती प्रधानमन्त्री थेरेसासँगको भेटमा प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, बेलायतस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी लगायत सहभागी थिए।
प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभाबाट सोमबार साँझ लण्डन आइपुगेका हुन्। प्रधानमन्त्री ओलीले मंगलबार बिहान लण्डनमा रहेका नेपाली समुदायसँग छलफल पनि गरेका थिए। त्यसअघि सोमबार साँझ नै प्रधानमन्त्री ओलीले अक्सफोर्ड युनियनको आयोजनमा अक्सफोर्ड विश्वविद्यालयमा आयोजित एक विशेष कार्यक्रममा नेपालको प्रजातन्त्र र विकासबारे आफ्नो विचार व्यक्त गरेका थिए।






