Kathmandu Press

अयोध्याधाममा राम सीताको मूर्ति प्रतिस्थापन

चितवन, वैशाख ८ : माडीको अयोध्याधाममा भव्य समारोहबीच राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिस्थापन गरिएको छ । अयोध्याधाममा आज आयोजित समारोहमा धार्मिक...
अयोध्याधाममा राम सीताको मूर्ति प्रतिस्थापन

चितवन, वैशाख ८ : माडीको अयोध्याधाममा भव्य समारोहबीच राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिस्थापन गरिएको छ । अयोध्याधाममा आज आयोजित समारोहमा धार्मिक गुरुहरु, जनप्रतिनिधि र स्थानीयको उपस्थितिमा मूर्ति प्रतिस्थापन गरिएको हो।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष पूजा गरी हस्तान्तरण गरेको मूर्ति आज अयोध्याधाम पु¥याई त्यहाँ निर्माण गरिएको मन्दिरमा प्रतिस्थापन गरिएको हो। कार्यक्रममा बागमती प्रदेश प्रमुख विष्णु प्रसाई, प्रदेश २ का प्रमुख राजेश अहिराज, पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायतको उपस्थिति थियो।

कार्यक्रममा मन्त्री ढकालले धार्मिक पर्यटनका लागि यो कार्य महत्वपूर्ण सावित हुने बताए। राजनीतिक आग्रह पूर्वाग्रहले नभई धर्मशास्त्रमा तथ्यले पुष्टि गरेका कारण राम माडीको अयोध्यापुरीमा नै जन्मिएको उहाँको दाबी थियो।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले माडीलाई मणि बनाउन केन्द्र र प्रदेश सरकार लागिपरेको बताए। उनले यस क्षेत्रको विकासका लागि कोही बाधक बन्न नहुने बताए।

अयोध्याधाम व्यवस्थापन समितिका संयोजक तीर्थ भुसालको अध्यक्षतामा भएको कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, अयोध्याधाम अनुसन्धानकर्ता लोकमणि पौडेल, माडी नगरपालिकाका उपप्रमुख ताराकाजी महतोलगायतले धामको विकासमा सबैको सहयोग आवश्यक पर्ने बताएर

बाजागाजा र भजनकीर्तनसहित मूर्ति प्रतिस्थापन गरिएको हो। सो अवसरमा पण्डित सुदर्शन सुवेदीले विशेष पूजा गराएका थिए।

प्रकाशित मिति: २०:०५ बजे, बुधबार, वैशाख ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्