पाँच देशका लागि 'नो अब्जेक्सन लेटर' दिन स्थगित
काठमाडौं, वैशाख ८ : अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई पाँच देशका लागि 'नो अब्जेक्सन लेटर' दिने कार्य स्थतिग भएको छ।शिक्षा, विज्ञान तथा प्रविधि...
काठमाडौं, वैशाख ८ : अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई पाँच देशका लागि 'नो अब्जेक्सन लेटर' दिने कार्य स्थतिग भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनमा लागि 'नो अब्जेक्सन लेटर' दिन स्थगित गरिएको जनाएको छ। कोरोनाको संक्रमण बढिरहेकाले बिहीबारदेखि अर्को सूचना प्रकाशित नभएकासम्मका लागि स्थगित गरिएको जनाएको छ।
अहिले विदेशमा अध्ययनरत विद्यार्थीका लागि भने रोकिएको छैन। त्यस्तै, अन्य देशका लागि पनि तत्काल कुनै निर्णय नगरिएको जनाएको छ।
प्रकाशित मिति: १९:४० बजे, बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)
