नेपाल हुँदै विदेश जाने भारतीयले अब एनओसी लिनुनपर्ने
काठमाडौं, वैशाख ८ : पछिल्लो समय भारतसँगको सिधा उडान बन्द भएपछि खाडी मुलुक जाने भारतीय नेपाल हुँदै जान थालेका छन्।नेपाल हुँदै हवाईमार्गमार्फत खाडी...
काठमाडौं, वैशाख ८ : पछिल्लो समय भारतसँगको सिधा उडान बन्द भएपछि खाडी मुलुक जाने भारतीय नेपाल हुँदै जान थालेका छन्।
नेपाल हुँदै हवाईमार्गमार्फत खाडी मुलुक जाने भारतीय राहदानीवाहकले काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावासबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिनुपर्छ। तर हाललाई त्यो नियम लागु नहुने व्यवस्था गरिएको छ।
दूतावासद्वारा बुधबार जारी सूचनामा अप्रिल २२ देखि जुन ११ सम्मका लागि यस्तो व्यवस्था गरिएको हो। तर राहदानीबाहेक अन्य परिचयपत्र बोकी स्थलमार्ग हुँदै नेपाल प्रवेश गरी तेस्रो मुलुक जान लागेकाहरूले भने अनिवार्य रूपमा एनओसी लिनुपर्ने सूचनामा बताइएको छ।
भारतलाई नयाँ स्वरूपको कोरोना भाइरस संक्रमणले आक्रान्त बनाउँदै लगेको छ । त्यसकारण खाडीका र अन्य केही देशले भारतबाट हुने उडानमा रोक लगाएका छन्। त्यसयता नेपाल हुँदै तेस्रो मुलुकमा हवाई यात्रा गर्न एनओसी लिने भारतीयको घुइँचो दूतावासमा लाग्दै आएको छ।
अन्य मुलुकमा गएपछि प्रक्रिया झन्झटिलो बन्न सक्ने भएकाले भारतीयले नेपालको बाटो रोजेको बताइन्छ।










![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)
