अब काठमाडौंमा मास्क नलगाइ हिड्नेलाई कारबाही
काठमाडौं, वैशाख ८ : कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै सरकारले स्वास्थ्य मापदण्ड पालना गराउन कडाइ गरेको छ। अब काठमाडौंमा मास्क नलगाएर हिड्नेलाई कारबाही...
काठमाडौं, वैशाख ८ : कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै सरकारले स्वास्थ्य मापदण्ड पालना गराउन कडाइ गरेको छ। अब काठमाडौंमा मास्क नलगाएर हिड्नेलाई कारबाही गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मास्क नलगाएर हिड्नेलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको हो। मास्क नलगाएर हिडेको भेटिएमा प्रहरीले कारबाही गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।
उनका अनुसार संक्रमण दिनप्रतिदिन बढ्न थालेपछि कडाइ गर्नु परेको हो। स्थिति नियन्त्रण बाहिर जान नदिने प्रहरीको सहयोगमा स्वास्थ्य मापदण्ड पालना गर्न लागिएको हो।
त्यस्तै, सार्वजनिक यातायातमा अनिवार्य मास्क लगाउनु पर्नेछ। त्यसको अनुगमनका लागि ट्राफिक प्रहरीलाई जिम्मेवारी दिन लागिएको छ।
कोरोनाको पहिलो लहर चल्दा गत वर्ष पनि प्रहरी कारबाही गरेको थियो। त्यतिबेला लकडाउन गरिएको थियो। अहिले लकडाउन नगरिएको भएकाले झन कडाइ गर्नु परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
बुधबार मात्रै काठमाडौं उपत्यकामा एक हजार ५१ जनामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै, देशभर दुई हजार तीन सय ५१ जना संक्रमित थपिएका छन्।





-1784014986.png)



-1784014986.png)

