Kathmandu Press

दार्चुलामा विद्यालयको शौचालय भत्किँदा चार विद्यार्थीको मृत्यु

दार्चुला, जेठ २८ : दार्चुलाको नौगाड गाउँपालिका–४ सिप्टीमा विद्यालयको शौचालय भत्किँदा चार जन....

दार्चुलामा विद्यालयको शौचालय भत्किँदा चार विद्यार्थीको मृत्यु

दार्चुला, जेठ २८ : दार्चुलाको नौगाड गाउँपालिका–४ सिप्टीमा विद्यालयको शौचालय भत्किँदा चार जना विद्यार्थीको मृत्यु भएको छ। 

मंगलबार दिउँसो साढे ४ बजेतिर गणेश विनायक माध्यामिक विद्यालयको शौचालयको छत भत्किँदा चार जना विद्यार्थीको मृत्यु भएको हो। विद्यार्थीहरु शौचालयको छतमा चढेका बेला भत्किएको र त्यसमै च्यापिएर उनीहरुको मृत्यु भएको प्रहरी सहायक निरीक्षक देवदत्त भट्टले जानकारी दिए।

छत भत्किँदा च्यापिएर विद्यालयमा अध्ययनरत नौगाड गाउँपालिका–४ सिप्टीका आन्दाजी ५ वर्षीया  युनिका ठगुन्ना, ७ वर्षीया निरुता ठगुन्ना, ९ वर्षीया अनुष्का धामी र आन्दाजी ९ वर्षीय सुदिश धामीको मृत्यु भएको प्रहरी सहायक निरीक्षक भट्टले बताए। 

उनका अनुसार चारै जना बालबालिकाको शव बाहिर निकालिएको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको छ। 
 

प्रकाशित मिति: १८:५७ बजे, मंगलबार, जेठ २८, २०७६