Kathmandu Press

एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय

काठमाडौं, वैशाख ८ : नेपाली सेनाको टोलीको सहयोगमा मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारमा एनसेल टावर छेउमा फेला परेको सकेट बम निष्क्रिय पारिएको छ।मङ्गलबार साँझ सप्तमीबजारभन्दा...
एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय

काठमाडौं, वैशाख ८ : नेपाली सेनाको टोलीको सहयोगमा मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारमा एनसेल टावर छेउमा फेला परेको सकेट बम निष्क्रिय पारिएको छ।

मङ्गलबार साँझ सप्तमीबजारभन्दा माथि डाँडामा रहेको एनसेलको टावर छेउमा हरियो झोलाभित्र शङ्कास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए। आज बिहान सो स्थानमा पुगेको नेपाली सेनाको फिदिमस्थित रणशेर गणको टोलीले पुरानो सकेट बम निष्क्रिय पारेको प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए। खिया लागेको पुरानो सकेट बम त्रास फैलाउने उद्देश्यसहित राखिएको हुन सक्ने प्रहरी नायव उपरीक्षक थापाको भनाइ छ।

स्थानीयवासीका अनुसार सकेट बमसँगै हस्तलिखित पर्चासमेत फेला परेका छन् जसमा ‘नेपाल कम्युनिष्ट पार्टी (विद्रोही समूह) लेखिएको छ। साथै, पर्चामा प्रधानमन्त्रीविरुद्ध अन्य विविध नारा लेखिनाका साथै मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता खारेज गर्न तथा युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न माग समेत गरिएको पाइएको हो। खिया लागेको पुरानो सकेट बम फेला पर्नाले सशस्त्र द्वन्द्वमा संलग्नबाटै बम राखिएको हुन सक्ने स्थानीयवासीले आशङ्का गरेका छन्।

प्रकाशित मिति: १७:०२ बजे, बुधबार, वैशाख ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्