धरहराको टुप्पोमा राखियो गजुर
काठमाडौं, वैशाख ८ : नवनिर्मित धरहरामा गजुर राखिएको छ । २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भएको धरहराको पुनस् निर्माणपछि पुरानै गजुर मर्मत गरि सुनको...
काठमाडौं, वैशाख ८ : नवनिर्मित धरहरामा गजुर राखिएको छ ।
२०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भएको धरहराको पुनस् निर्माणपछि पुरानै गजुर मर्मत गरि सुनको जलप लगाएर नवनिर्मित धरहरामा राखिएको हो ।
यस्तै धरहराको २१ औं तलामा बुधबार शिवलिंग स्थापना गरिएको छ । विशेष पूजा अर्चनासहित शिवलिंग स्थापना गरिएको हो।

नयाँ धरहरामा गजुर राख्नका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले पूजाअर्चना गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते धरहरा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
उद्घाटन भएको केही समयपछि मात्र सर्वसाधारणका लागि धरहरा खुला गरिनेछ।




प्रकाशित मिति: १६:१८ बजे, बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











