भर्चुअल माध्यमबाट पठनपाठन गर्न त्रिविकाे निर्देशन
काठमाडौं, वैशाख ८ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) भर्चुअल माध्यमबाट पठनपाठन गर्न निर्देशन दिएको छ।त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले दिएको जानकारी अनुसार कोभिड-१९ को...
काठमाडौं, वैशाख ८ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) भर्चुअल माध्यमबाट पठनपाठन गर्न निर्देशन दिएको छ।
त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले दिएको जानकारी अनुसार कोभिड-१९ को सङ्क्रमण बढ्दै गएकाले त्यसबाट अति प्रभावित ठूला सहरका क्याम्पसको कक्षा भर्चुअल माध्यमबाट गर्न निर्देशन दिइएको हो।
सोमबार मात्रै मन्त्रिपरिषद् बैठकले वैशाखभरि सहरी क्षेत्रका शैक्षिक संस्थामा भौतिक रूपमा हुँदै आएको पठनपाठन रोकी अनलाइन वा अन्य वैकल्पिक माध्यम अपनाउन भनेको थियो।
सोहीअनुरूप त्रिविले ठूला सहरका क्याम्पसमा भर्चुअल कक्षा लिन निर्देशन दिएको हो। अन्य जिल्लाका सहरमा भने स्थानीय तहसँगको समन्वय गरेर जनस्वास्थ्यका मापदण्ड अपनाइ कक्षा सञ्चालन गर्न पनि त्रिविको आग्रह छ।
परीक्षा सञ्चालनका हकमा त्रिविले आवश्यक स्वास्थ्य सावधानी अपनाउन पनि त्रिविको निर्देशन छ। त्यसक्रममा २५ जनाभन्दा बढी उपस्थित नहुने गरी र मास्क, सेनिटाइजर, साबुनपानी लगायतको आवश्यक व्यवस्था गर्न आग्रह गरिएको छ।











