Kathmandu Press

अक्सिजन ट्यांक लिक हुँदा भारतमा २२ बिरामीकाे मृत्यु

मुम्बई, वैशाख ८ : भारतको महाराष्ट्र राज्यमा रहेको एक अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा उपचार गराइरहेका २२ बिरामीकाे मृत्यु भएको छ। उनीहरु...
अक्सिजन ट्यांक लिक हुँदा भारतमा २२ बिरामीकाे मृत्यु


मुम्बई, वैशाख ८ : भारतको महाराष्ट्र राज्यमा रहेको एक अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा उपचार गराइरहेका २२ बिरामीकाे मृत्यु भएको छ। उनीहरु सबै कोरोना संक्रमित रहेको जनाइएकाे छ।

ट्यांक लिक भएका कारण अक्सिजन कमी हुँदा बुधबार ती बिरामीहरुको मृत्यु भएको आफन्तहरूले जनाएका छन्।

महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले उक्त घटनाबारे अनुसन्धान गर्ने बताएका छन्। कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिरहेको भारतमा त्यसबाट सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्र हो।

प्रकाशित मिति: १५:३९ बजे, बुधबार, वैशाख ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्