Kathmandu Press

प्रदेशस्तरीय ‘तरुण सम्मेलन तथा प्रशिक्षण’ स्थगित

काठमाडौं, वैशाख ८ : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले प्रदेशस्तरीय तरुण सम्मेलन तथा प्रशिक्षण कार्यक्रम स्थगित गरेको छ। तरुण दलका अध्यक्ष जितजंग...
प्रदेशस्तरीय ‘तरुण सम्मेलन तथा प्रशिक्षण’ स्थगित

काठमाडौं, वैशाख ८ : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले प्रदेशस्तरीय तरुण सम्मेलन तथा प्रशिक्षण कार्यक्रम स्थगित गरेको छ। 

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार विज्ञप्ति जारी गरी देशभर दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएकाले विभिन्न प्रदेशमा गर्न लागिएको तरुण सम्मेलन तथा प्रशिक्षण कार्यक्रम स्थगित गरिएको बताए। तरुण दलले आगामी वैशाख १२ र १३ गते गण्डकी प्रदेशको पोखरा र जेठ १ र २ गते प्रदेश २ को बारामा प्रदेश सम्मेलन तोकिएको थियो। 

कोरोना सङ्क्रमण नियन्त्रणमा आएर सामाजिक वातावरण सहज भएपछि नयाँ मिति तोकेर प्रदेश सम्मेलन आयोजना गर्ने दलले जनाएको छ।

प्रकाशित मिति: १४:२८ बजे, बुधबार, वैशाख ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्