Kathmandu Press

रामग्राममा ६ दर्जनजति गिद्ध मरेको अवस्थामा भेटिए

परासी, वैशाख ८ : पश्चिम नवलपरासीको रामग्राममा ६ दर्जनजति गिद्ध मरेको अवस्थामा भेटिएका छन्। रामग्राम नगरपालिका–४ जितपुरमा स्थानीयले बुधबार गिद्धहरू मरेको अवस्थामा भेट्टाएका...
रामग्राममा ६ दर्जनजति गिद्ध मरेको अवस्थामा भेटिए

परासी, वैशाख ८ : पश्चिम नवलपरासीको रामग्राममा ६ दर्जनजति गिद्ध मरेको अवस्थामा भेटिएका छन्। रामग्राम नगरपालिका–४ जितपुरमा स्थानीयले बुधबार गिद्धहरू मरेको अवस्थामा भेट्टाएका हुन्।

ती गिद्ध कसरी मरे भन्ने जानकारी हुन बाँकी छ। मरेको गिद्धहरू छरिएर अवस्थामा रहेको र तिनको व्यवस्थापन हुन नसक्दा दुर्गन्धसमेत फैलिन थालेको छ। मरेका गिद्धहरु रहेको ठाउँनजिकै दुईवटा कुकुर पनि मरेको अवस्थामा भेटिएका छन्। 

मरेका ती दुई कुकुर डोरीले बाँधिएको अवस्थामा भेटिएका थिए। ती कुकुरहरुलाई विष खुवाएर मारेको हुन सक्ने आशंका गरिएको छ। मरेका ती कुकुरको मासु खाएकै कारण गिद्धहरु मरेको हुन सक्ने आशंका गरिएको छ। 

प्रकाशित मिति: १३:४५ बजे, बुधबार, वैशाख ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्