Kathmandu Press

कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा महादेवप्रसाद यादव नियुक्त

काठमाडौं, वैशाख ८ : धनुषा निवासी महादेवप्रसाद यादव नेपाल कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा नियुक्त भएका छन्।सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको पदाधिकारी बैठकले...
कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा महादेवप्रसाद यादव नियुक्त

काठमाडौं, वैशाख ८ : धनुषा निवासी वरिष्ठ कानुन व्यवसायी महादेवप्रसाद यादव नेपाल कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा नियुक्त भएका छन्।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरुकाे बैठकले पूर्वमहान्यायाधिवक्तासमेत रहेका यादवलाई सो जिम्मेवारी दिएको हो ।

यादव राष्ट्रियसभाका पूर्वसदस्य पनि हुन् । यसअघि नेता राधेश्याम अधिकारीले सो पद सम्हाल्दै आएका थिए। पार्टी संरचना समायोजनबारे नेताहरुले विवाद निकालेपछि असन्तुष्ट हुँदै उनले राजीनामा दिएका थिए।

प्रकाशित मिति: १३:२१ बजे, बुधबार, वैशाख ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्