Kathmandu Press

पत्रकार महासंघद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं, जेठ २८ : सरकारले संघीय संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोलनरत नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलनको  कार्य....

पत्रकार महासंघद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं, जेठ २८ : सरकारले संघीय संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोलनरत नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलनको  कार्यक्रम घोषणा गरेको छ। 

महासंघको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राखेर गरिएको दुई चरणको आन्दोलनको समीक्षा गरी तेस्रो चरणको आन्दोलनको कार्यक्रम तय गरेको हो। महासंघले असार ३ गते देशभर प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर संकलन अभियान थाल्ने भएको छ। असार ६ गते उक्त हस्ताक्षर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम तय गरेको छ।

त्यस्तै, असार १० गते विधेयक विरुछ कार्टुन प्रदर्शनको कार्यक्रम पनि सार्वजनिक गरिएको छ। असार १५ गते सबै जिल्ला शाखाहरुले निर्वाचित संघीय र प्रदेश सांसदहरुलाई प्रेस स्वतन्त्रताको रक्षाको निम्ति एसएमएस सन्देश पठाउने कार्यक्रम घोषणा गरेको छ। महासंघले असार २० गते बृहत प्रेस स्वतन्त्रतासभाको आयोजना गर्ने पनि निर्णय गरेको छ। 

यसैगरी, असार २५ गते मध्यान्ह १२ बजे लालटिन जुलुस प्रदर्शन, असार ३० गते देशव्यापी सिटी जुलुस र सभा गर्ने निर्णय गरेको छ। यसैबीचमा विधेयक संसदमा पेश भए सोही दिन देशभर प्रदर्शन गर्ने महासंघले जनाएको छ। महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गरी प्रेस स्वतन्त्रताको आन्दोलनमा सबै क्षेत्रको सहयोग र साथका लागि आग्रह गरेका छन्।
 
बैठकले यसअघि महासंघले गरेको आन्दोलनमा भएको सहयोगप्रति सबैलाई धन्यवाद पनि प्रकट गरेको छ। ‘तेस्रो चरणको आन्दोलनमा सक्रिय सहभागिता जनाउन महासंघ आमसञ्चारकर्मी, सञ्चार सम्बद्ध संघ–संगठन, पेशाकर्मी, नागरिक समाज र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुमा हार्दिक आहृवान गर्दछ’ महासंघको निर्णयमा भनिएको छ, ‘साथै, पहिलो र दोस्रो चरणको आन्दोलन सफल बनाउन सक्रिय सहभागिता जनाउने सबैमा महासंघ हार्दिक आभार प्रकट गर्दछ।’

प्रकाशित मिति: १७:३० बजे, मंगलबार, जेठ २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्