Kathmandu Press

कोरोना संक्रमणका कारण पत्रकार दामोदर अधिकारीको निधन

दाङ, वैशाख ८ : कोरोना भाइरस संक्रमणका कारण दाङको घोराही उपमहानगरपालिका-१७ निवासी ४० वर्षीय पत्रकार दामोदर अधिकारीको मृत्यु भएको छ। अधिकारीको मंगलबार राति...
कोरोना संक्रमणका कारण पत्रकार दामोदर अधिकारीको निधन

दाङ, वैशाख ८ : कोरोना भाइरस संक्रमणका कारण दाङको घोराही उपमहानगरपालिका-१७ निवासी ४० वर्षीय पत्रकार दामोदर अधिकारीको मृत्यु भएको छ। अधिकारीको मंगलबार राति काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो।

चैत २६ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना देखिएको थियो । उनी चैत २५ गते पत्रकार महासंघको निर्वाचनमा घोराहीबाटै मतदानमा सहभागी भएका थिए।

स्वास्थ्य अवस्था बिग्रँदै गएपछि वैशाख ३ गते अधिकारीलाई काठमाडौं लगिएको थियो।

प्रकाशित मिति: १२:२७ बजे, बुधबार, वैशाख ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्