औचित्य पुष्टि गर्न राज्य व्यवस्था समितिलाई मन्त्री पण्डितको चुनौती
काठमाडौं, जेठ २८ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोक सेवा आयोगको विज्ञापन रद्द गर्नु पर्ने कुनै आधार नभएको बताएका छन्। ....
काठमाडौं, जेठ २८ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोक सेवा आयोगको विज्ञापन रद्द गर्नु पर्ने कुनै आधार नभएको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले लोक सेवा आयोगले निकालेको विज्ञापन संविधान र ऐनसम्बत् नै रहेको कुरामा सरकार दृढ रहेको बताए ।
उनले विज्ञापन रद्द गर्न दिइएको निर्देशनको औचित्य पुष्टि गर्न राज्य व्यवस्था तथा सुशासन समितिलाई चुनौती पनि दिए।
उनले समितिमा मन्त्रालयको कुरै नसुनी पहिलै तयार गरिएको निर्णय सुनाईएको आरोप पनि लगाए । मन्त्री पण्डितले आयोगले सार्वजनिक गरेको बिज्ञापनमा कुनै दुविधा देखिए त्यसको निरुपण स्वयं आयोगले गर्ने र त्यसबाट पनि हल नभए अदालतले उचित निर्णय दिने पनि बताए।






