Kathmandu Press

गुठी विधेयकविरूद्ध काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, जेठ २८ : सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानूनलाई  एकीकरण र संशोधन गर्न बनेको विधेयकविरुद्ध काठमाडौंमा प्रदर्शन गर....

गुठी विधेयकविरूद्ध काठमाडौंमा प्रदर्शन (फोटोफिचर)
रिवाज राई

काठमाडौं, जेठ २८ : सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानूनलाई  एकीकरण र संशोधन गर्न बनेको विधेयकविरुद्ध काठमाडौंमा प्रदर्शन गरिएको छ। 

विधेयक फिर्ता लिन माग गर्दै राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिले  मंगलबार दिउँसो विरोध प्रदर्शन गरेको हो। असनबाट सुरु भएको विरोध र्‍याली  रत्नपार्क, सहिदगेट, भद्रकाली, पुरानो बसपार्क हुँदै पुनः असन चोकमा आएर सकिएको थियो। 

गुठी विधेयक ल्याएर सरकारले नेवार सभ्यतामाथि मात्रै नभएर सिंगो नेपालीको पहिचान मेटाउन खोजेको भन्दै नेवार समुदाय आन्दोलित भएका छन्। 


 

प्रकाशित मिति: १७:०६ बजे, मंगलबार, जेठ २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्