Kathmandu Press

बेड र उपचार पाउने निश्चित गरेर मात्रै बिरामी पठाउन निर्देशन

काठमाडौं, वैशाख ७ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले सबै अस्पताललाई बेडको उपलब्धता र उपचार पाउने सुनिश्चिताको समन्वय गरेर मात्र...
बेड र उपचार पाउने निश्चित गरेर मात्रै बिरामी पठाउन निर्देशन

काठमाडौं, वैशाख ७ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले सबै अस्पताललाई बेडको उपलब्धता र उपचार पाउने सुनिश्चिताको समन्वय गरेर मात्र बिरामी अन्य अस्पतालमा पठाउन (रिफर) निर्देशन दिएको छ।

आज मन्त्रालको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणनिधि लोहनीले सबै अस्पताललाई पत्राचार गर्दै निर्देशन दिएका हुन्। उनले कुनै पनि अस्पतालमा आइपुगेका बिरामीको आकस्मिक उपचार व्यवस्थापन गरेर तथा अन्य अस्पतालमा पठाउनु परे अनावश्यक समन्वय गरेर मात्र पठाउन निर्देशन दिएका छन्।

Hardik ivf

मन्त्रालयले सङ्क्रमण बढेसँगै नियमित स्वास्थ्य सेवा तथा आकस्मिक सेवा प्रवाहमा सर्वसाधारणमा पर्न गएको कठिनाइप्रति ध्यानाकर्षण भएको जनाएको छ।

 

प्रकाशित मिति: २०:०१ बजे, मंगलबार, वैशाख ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्