Kathmandu Press

भारत–हङकङ उडानका ४९ यात्रुमा कोरोना संक्रमण

नयाँ दिल्ली, वैशाख ७ : भारतको नयाँ दिल्लीबाट हङकङका लागि उडेको विमानका ४९ यात्रुमा कोरोना संक्रमण पुष्टी भएको छ। गत अप्रिल ४ मंगलबार नयाँ...
भारत–हङकङ उडानका ४९ यात्रुमा कोरोना संक्रमण

नयाँ दिल्ली, वैशाख ७ : भारतको नयाँ दिल्लीबाट हङकङका लागि उडेको विमानका ४९ यात्रुमा कोरोना संक्रमण पुष्टी भएको छ। गत अप्रिल ४ मंगलबार नयाँ दिल्लीबाट हङकङका लागि उडेको विस्तारा एयरल्याइन्सको यूके ६३९५ विमानका ४९ यात्रुमा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो।

विस्तारा एयरल्याइन्सको विमानका ४९ यात्रुमा कोरोना संक्रमण पाइएपछि हङकङले भारतल, पाकिस्तान, फिलिपिन्सलगयतका देशमा हुने अन्तर्राष्ट्रिय उडानमा दुई साताका लागि प्रतिबन्ध गरेको छ।

Hardik ivf

मुम्बईबाट हङकङका लागि हुने उडानमा कोरोना संक्रमित फेला परेको अधिकारिहरुले बताएका छन्। होटल क्वारेन्टिन सुरु हुन अघि विस्तारा एयरलाइन्सकै उडानका आठ यात्रुमा कोरोना भाइरसको संक्रमण देखिएको बताइएको छ।

पछिल्लो तीन सातामा विस्तार एयरबाट १८८ जना यात्रु भारतबाट हङकङ पुगेको थिए।

प्रकाशित मिति: १६:४७ बजे, मंगलबार, वैशाख ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्