कोरोन संक्रमण बढेपछि बाँकेमा लकडाउन गर्न सिफारिस
बाँके, वैशाख ७ : कोरोना भाइरसको संक्रमणमा तीव्र वृद्धि भएपछि बाँकेमा लकडाउन गर्न सिफारिस गरिएको छ । डीसीसीएमसीको मंगलबार बसेको बैठकले जिल्लामा संक्रमणको महामारी...
बाँके, वैशाख ७ : कोरोना भाइरसको संक्रमणमा तीव्र वृद्धि भएपछि बाँकेमा लकडाउन गर्न सिफारिस गरिएको छ ।
डीसीसीएमसीको मंगलबार बसेको बैठकले जिल्लामा संक्रमणको महामारी रोकथाम गर्न वैशाख ९ गतेबाट जिल्लामा लकडाउनका लागि सिफारिस गरेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेललालका अनुसार विगत एक हप्ताबाट हरेक दिन सयौंको संख्यामा संक्रमित थपिंदै गएपछि डीसीसीएमसीले लकडाउनको सिफारिस गरेको हो ।
संक्रमणको दर र त्यसबाट मृत्युदर समेत उच्च भएपछि सरोकारवालाहरूले बाँकेमा लकडाउन आवश्यक रहेको बताएका थिए ।
प्रकाशित मिति: १६:४३ बजे, मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











