Kathmandu Press

खाद्य कम्पनीका प्रमुख कार्यकारी अधिकृतमा चन्द

काठमाडौं, वैशाख ७ : सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करीब चार वर्षपछि नयाँ प्रमुख कार्यकारी अधिकृत पाएको छ।  कम्पनीको सिइओमा खुला...
खाद्य कम्पनीका प्रमुख कार्यकारी अधिकृतमा चन्द

काठमाडौं, वैशाख ७ : सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करीब चार वर्षपछि नयाँ प्रमुख कार्यकारी अधिकृत पाएको छ।  

कम्पनीको सिइओमा खुला प्रतिस्पर्धाबाट मोहनप्रकाश चन्दलाई नियुक्त गरिएको छ। गत चैत २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले आगामी चार वर्षका लागि चन्दलाई कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। 

मन्त्रिपरिषद्को निर्णयानुसार चन्दले गत बिहीबार नै प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गरिसकेका छन् । विसं २०७४ असोजमा डा. शिवहरि श्रेष्ठको कार्यकाल सकिएपछि कम्पनीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक सिइओका रुपमा रहँदै आएका थिए। कैलालीका चन्द तत्कालीन खाद्य संस्थानका नवौँ तहबाट अवकाशप्राप्त कर्मचारी हुन्। 
 

प्रकाशित मिति: १५:३१ बजे, मंगलबार, वैशाख ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्