Kathmandu Press

सर्वसाधारणका लागि त्रिशूली देवी मन्दिर खुला

जलेश्वर, वैशाख ७ : चैते दशैँको अवसर पारेर आज महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रसिद्ध त्रिशूली देवीको मन्दिर सर्वसाधारणको दर्शनका लागि खोलिएको...
सर्वसाधारणका लागि त्रिशूली देवी मन्दिर खुला

जलेश्वर, वैशाख ७ : चैते दशैँको अवसर पारेर आज महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रसिद्ध त्रिशूली देवीको मन्दिर सर्वसाधारणको दर्शनका लागि खोलिएको छ। प्रत्येक वर्ष असोज र चैतको दशैँको बेला गरी दुई पटक मात्रै खोलिने गरेको यो मन्दिर आज एकाबिहानै चैत्र अष्टमी÷नवमीको अवसरमा देवीको पूजाआजा र सर्वसाधारणको दर्शनका लागि खोलिएको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताए।

वर्षमा दुई पटक मात्र खुला गरिने यस मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको छ। त्रिशूल धारण गरेकी त्रिशूली देवी भवानीको मन्दिर वर्षभरि खोलिँदैन। उनको प्रतिमा वर्षभरि कसैले हेर्न वा छुन पाउँदैन तर असोज र चैत महिनाको दशैँमा पुजारीले उनको विशेष पूजाआजा गर्ने, सर्वसाधारणले माताको दर्शन गर्न पाउने र भेटीसमेत चढाउन पाउने व्यवस्था छ।

जलेश्वरनाथ महादेव मन्दिरको त्रिशूली देवीको मन्दिर महोत्तरी, धनुषा, सिरहा, सर्लाही जिल्लालगायत भारतको सीतामढी र मधुवनी जिल्लामा निक्कै प्रसिद्ध छ। दशैँमा त्रिशूली देवीको पूजा र दर्शन गर्न नपाएका भक्तजनले पुनः माताको मन्दिर खुल्ने प्रतीक्षा गर्नुपर्ने हुन्छ। त्रिशूली मन्दिरमा भाकल गरेको पूरा हुने जनविश्वास छ। 
 

प्रकाशित मिति: ११:५४ बजे, मंगलबार, वैशाख ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्