Kathmandu Press

तोलामा तीन सयले घट्यो सुनको मूल्य 

काठमाडौं, वैशाख ७ : मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ ।सोमबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर...
तोलामा तीन सयले घट्यो सुनको मूल्य 

काठमाडौं, वैशाख ७ : मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ ।

सोमबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजाबी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ। 

यसैबीच मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ।  सोमबार तोलामा एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो। 

प्रकाशित मिति: ११:३६ बजे, मंगलबार, वैशाख ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्