Kathmandu Press

भारतमा १८ बर्ष माथिका सबैलाई खोप लगाइने 

नयाँ दिल्ली, वैशाख ७ : भारत सरकारले कारेरोना भाइरसको उच्च प्रसार पछि १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउने निर्णय गरेको छ। १८ बर्ष भन्दा...
भारतमा १८ बर्ष माथिका सबैलाई खोप लगाइने 

नयाँ दिल्ली, वैशाख ७ : भारत सरकारले कारेरोना भाइरसको उच्च प्रसार पछि १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउने निर्णय गरेको छ। १८ बर्ष भन्दा माथिका सबैलाई मे १ देखि खोप लगाउन सुरु गर्ने भारत सरकारले बताएको हो । 

कोरोना भाइरस संक्रमणको संख्या बढ्दै गएपछि भारतले आफ्नो खोप कार्यक्रमलाई अझ चौडा पारेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतका धेरै राज्यमा खोपको अपूर्ती पर्याप्त नभएको बताएको छ। 

भारत सरकारले दुई करोड ७० लाख खोपको डोज रहेको र यो खोपको डोज नौ दिनको लागि मात्र पर्याप्त हुने बताएको छ। 

भारतले हाल स्वास्थ्यकर्मी, फ्रन्ट लाइन कामदार र ४५ वर्ष भन्दा बढी उमेरका मानिसलाई खोप लगाइ रहेको छ। 

भारतमा हालसम्म संक्रमितको संख्या एक करोड ५३ लाख २१ हजार ८९ छ भने मृत्यु हुनेको संख्या एक लाख ८० हजार पाँच सय पचास छ। त्यस्तै, निको हुनेको संख्या एक करोड ३१ लाख आठ हजार पाँच सय ८२ छ। 

प्रकाशित मिति: ११:२७ बजे, मंगलबार, वैशाख ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्