कोरोना संक्रमण बढेपछि राष्ट्र बैंकले दियो बैंक तथा वित्तीय संस्थालाई यस्तो निर्देशन
काठमाडौं, वैशाख ७ : नेपाल राष्ट्र बैंकले कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएकाले उच्च सतर्कतासहित निरन्तर सेवा दिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन...
काठमाडौं, वैशाख ७ : नेपाल राष्ट्र बैंकले कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएकाले उच्च सतर्कतासहित निरन्तर सेवा दिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।
राष्ट्र बैंकले सोमवार सूचना जारी गर्दै संक्रमण तीव्र बढेकाले स्वास्थ्य मापदण्ड पालना गरी कारोबार गर्न निर्देशन दिएको हो। नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिम कम गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ।
सेवाग्राहीको भीडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था गर्न समेत निर्देशन दिइएको छ। बैंकहरूले एटिएम बुथहरूबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी स्यानिटाइजर तथां टिस्यु पेपरको व्यवस्था गर्न पनि निर्देशन दिइएको छ।
प्रकाशित मिति: ०७:५१ बजे, मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











