Kathmandu Press

एमालेमा प्रवेश गरेका बोहराको सांसद पद खारेज

धनगढी, वैशाख ६ : नेकपा (एमाले)मा प्रवेश गरेका नेकपा (माओवादी केन्द्र)का सांसद झपटबहादुर बोहराको सांसद पद खारेज भएको छ।सोमबार बसेको प्रदेस सभाको बैठकमा...
एमालेमा प्रवेश गरेका बोहराको सांसद पद खारेज

धनगढी, वैशाख ६ : नेकपा (एमाले)मा प्रवेश गरेका नेकपा (माओवादी केन्द्र)का सांसद झपटबहादुर बोहराको सांसद पद खारेज भएको छ।

सोमबार बसेको प्रदेस सभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट प्रदेश सभा सदस्य बोहराले दल त्याग गरेकोसम्बन्धी सूचना प्रदेशसभा सचिवालयमा दर्ता भएअनुसार उनको सांसद पद रिक्त भएको जानकारी दिएका छन्।

सभामुख थापाले नेपालको संविधानको धारा १८० तथा राजनीतिक दलसम्बन्धी ऐन र सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०७४ बमोजिम उनको प्रदेशसभा सदस्य पद रिक्त भएको बताए।

अछाम १ ‘ख’ बाट प्रदेश सभा सदस्यमा माओवादी केन्द्रका तर्फबाट निर्वाचित बोहरा हालै नेकपा (एमाले) मा प्रवेश गरेका थिए। प्रदेश सरकारका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री बोहरा एमालेमा प्रवेश गरेसँगै माओवादी केन्द्रले दल त्याग गरेकोसम्बन्धी सूचना प्रदेशसभा सचिवालयमा वैशाख ३ गते दर्ता गराएको थियो।

उनलाई माओवादी केन्द्रले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गर्ने निर्णय गरेको थियो।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभाका एक जनाको पद रिक्त भएसँगै ५२ प्रदेशसभा सदस्यमा सीमित भएको छ। यसमध्ये नेकपा माओवादी केन्द्र अब १३ जनामा सीमित रहेको छ।

नेकपा (एमाले) का २५, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा)का दुईजना प्रदेशसभा सदस्य रहेका छन्।

 

प्रकाशित मिति: १९:१४ बजे, सोमबार, वैशाख ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्