Kathmandu Press

असार मसान्तसम्म चार हजार मुद्दा किनारा लगाउने मेलमिलाप आयोगको तयारी

असार मसान्तसम्म चार हजार मुद्दा किनारा लगाउने मेलमिलाप आयोगको तयारी

कास्की, वैशाख ६ : असार मसान्तसम्म तीन हजार सात सय ८७ मुद्दा किनारा लगाउने तयारी सत्य निरुपण तथा मेलमिलाप आयोगले गरेको छ। पोखरामा सोमबार भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष गणदत्त भट्टले असार मसान्तसम्म चार हजार मुद्दा किनारा लगाउने तयारी आयोगले गरेको बताए।

उनले २०५२ फागुन १ गतेदेखि २०६३ मङ्सिरसम्मका कुल ६३ हजार ७१८ मुद्दा आयोगमा दर्ता भएको बताए । अध्यक्ष दत्तले कोरोना महामारीले आयोगका काम कारवाहीमा पनि केही न केही असर पारेको स्पष्ट पारे।

आयोगका सदस्य मन दाहालले प्राप्त उजुरीका आधारमा कानून प्रदत्त अधिकारका आधारमा त्यसको छानबिन गर्दै किनारा लगाउनेतर्फ आयोग क्रियाशील रहेको बताए । यस्तै, आयोगका सचिव तोयानाथ अधिकारीले द्वन्द्व पीडितले न्याय पाउने कुरामा आयोग सजग र सचेत उल्लेख गरे।

प्रकाशित मिति: १८:४३ बजे, सोमबार, वैशाख ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्