Kathmandu Press

भेरी अस्पतालमा कोरोनाबाट नर्सको मृत्यु

नेपालगन्ज, वैशाख ६ : नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत एक जना स्टाफ नर्सको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।दाङको तुलसीपुरकी २० वर्षीया स्टाफ नर्सको...
भेरी अस्पतालमा कोरोनाबाट नर्सको मृत्यु

नेपालगन्ज, वैशाख ६ : नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत एक जना स्टाफ नर्सको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

दाङको तुलसीपुरकी २० वर्षीया स्टाफ नर्सको सोमबार बिहान ११ बजे मृत्यु भएको भेरी अस्पतालले जनाएको छ। उनी दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत थिइन।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको उपचारका क्रममै उनलाई कोरोना संक्रमण भएको जनाएको छ। स्वास्थ्य अवस्था गम्भीर बनेपछि ६ दिन अघि भेरी अस्पताल ल्याइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले बताए।

उनको ६ दिनदेखि भेरी अस्पतालमा उपचार भइरहेको थियो। उपचारका क्रममै आज बिहान मृत्यु भएको डा. थापाले बताए।

प्रकाशित मिति: १८:११ बजे, सोमबार, वैशाख ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्