लेखक–साहित्यकारलाई परिचयपत्र दिइने
नेपाल प्रज्ञा–प्रतिष्ठानले लेखक-साहित्यकारलाई परिचयपत्र दिने कार्यविधि तयार गरेको छ। ‘लेखक-साहित्यकार परिचयपत्र वितरणसम्बन्धी (पहिलो संशोधन) कार्यविधि-२०७७’ संशोधनको पहिलो मस्यौदाको प्रतिवेदन प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीसमक्ष...
नेपाल प्रज्ञा–प्रतिष्ठानले लेखक-साहित्यकारलाई परिचयपत्र दिने कार्यविधि तयार गरेको छ। ‘लेखक-साहित्यकार परिचयपत्र वितरणसम्बन्धी (पहिलो संशोधन) कार्यविधि-२०७७’ संशोधनको पहिलो मस्यौदाको प्रतिवेदन प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीसमक्ष बुझाइएको छ।
संशोधनसहित कार्यविधि तयार पार्न प्राज्ञ परिषद् सदस्य प्रा.डा. योगेन्द्रप्रसाद यादव संयोजकत्वमा गठित कार्यदलले प्रतिवेदन बुझाएको हो। कुलपति उप्रेतीले मुलुकका वाङमय साधकलाई ‘लेखक-साहित्यकार परिचयपत्र’ दिने पहिलेदेखिकै योजना कार्यान्वयन गर्न यही महिनाभित्र राष्ट्रपतिबाट परिचयपत्र वितरण सुरुआत गरिने जानकारी दिए।
प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायका अनुसार परिचयपत्रमा लेखक-साहित्यकारका नाम-उपनाम, नागरिकता नम्बर, जिल्ला, जन्ममिति, विषय क्षेत्र र विधा खुलाइनेछ । परिचयपत्र पाउन सम्बन्धित लेखक-साहित्यकारले आफ्नो कृतिसहित आवेदन दिनुपर्नेछ।











