खैरो हेरोइनसहित एक भारतीय पक्राउ

काठमाडौं, वैशाख ६ : प्रहरीले झापाको दमक नगरपालिका-६ स्थित नमुना मार्गबाट २९ ग्राम हेराइनसहित एक भारतीयलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत किसनगन्ज जिल्ला डिबलबैंक थाना सतकौवा पन्चायत बस्ने २६ वर्षीय सिद्धिक आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्त प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।
विशेष सूचनाका आधारमा लागु औषध नियन्त्रण ब्युरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
सशंकित अवस्थामा फेला पारी चेकजाँच गर्दा आलमले लगाएको पेन्टको गोजीभित्र १५ सय रुपैयाँ र कालो तथा हरियो प्लास्टिकमा पोका पारी बोकिराखेका प्रतिबन्धित लागु औषध खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ २९ ग्राम फेला पारेकाे जनाइएकाे छ।
प्रकाशित मिति: ११:५७ बजे, सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











