Kathmandu Press

कर्णालीका नवनियुक्त मन्त्रीले लिए शपथ

वीरेन्द्रनगर, वैशाख ५ : कर्णाली प्रदेशका नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।आइतबार साँझ प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मन्त्रीहरु नन्दसिंह...
कर्णालीका नवनियुक्त मन्त्रीले लिए शपथ

वीरेन्द्रनगर, वैशाख ५ : कर्णाली प्रदेशका नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

आइतबार साँझ प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मन्त्रीहरु नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, थापालाई भौतिक पूर्वाधार विकास मन्त्रालय र शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए।

मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा एमालेका तीनै जना सांसदले फ्लोर क्रस गरेर मत दिएका थिए। उनीहरुलाई एमालेले साधारण सदस्यबाट समेत कारबाही गर्न सिफारिश गरेको छ।

 

प्रकाशित मिति: १९:२७ बजे, आइतबार, वैशाख ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्