माथिल्लो तामाकोशीबाट वैशाखभित्रै विद्युत् उत्पादन गर्ने तयारी
काठमाडौं, वैशाख ५ : माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट यहि वैशाखभित्रै विद्युत उत्पादन गर्ने तयारी भइरहेको जनाएको छ।आइतबार संसदको अर्थ समितिको बैठकमा ऊर्जा, जलस्रोत...
काठमाडौं, वैशाख ५ : माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट यहि वैशाखभित्रै विद्युत उत्पादन गर्ने तयारी भइरहेको जनाएको छ।
आइतबार संसदको अर्थ समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले वैशाखभित्रै पहिलो युनिटबाट विद्युत उत्पादन गर्ने तयारी रहेको बताए। उनले पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुने बताए।
त्यसपछि जेठ, असार, साउन र भदौमा क्रमशः उत्पादन थप्दै लगिने उनको भनाइ थियो। भदौभित्र माथिल्लो तामाकोशीबाट ४५६ मेगावाट विद्युत् उत्पादन हुने उनले बताए।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले समय तालिकाअनुसार जेठ २ गते माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन गर्ने भए पनि वैशाखको ३१ गते नै पहिलो युनिटबाट उत्पादन हुने गरी काम भइरहेको बताए।
प्रकाशित मिति: १८:२९ बजे, आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(7)-1765197040.jpg)
