माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन्छ : पौडेल
पर्वत, वैशाख ५ : नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुने बताएका छन्।आइतबार पर्वतको...
पर्वत, वैशाख ५ : नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुने बताएका छन्।
आइतबार पर्वतको कुस्मामा आयोजित पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेता पौडेलले नेपाल पक्षसँग पार्टी एकता गर्नेगरी वार्ता भइरहेको बताए।
उनले बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि पहल भइरहेको खुलाए। एमाले, जनता समाजवादी पार्टी र माओवादीसँगै अन्य समूहसँग छलफल भइरहेको उनको भनाइ थियो।
उनले जसपाका कारण नयाँ सरकार गठनमा ढिलाइ भइरहेको बताए। कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सबै तयार भए पनि जसपा एकढिक्का नहुँदा ढिलाइ भएको उनको भनाइ थियो।
प्रकाशित मिति: १८:१९ बजे, आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











