फ्लोर क्रस गरी मन्त्री बन्नेकाे शपथ आजै
सुर्खेत, वैशाख ५ : कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने तीनजनालाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री बनाएका छन्।उनीहरूको आज (आइतबार) साँझ ६ बजे शपथ ग्रहण...
सुर्खेत, वैशाख ५ : कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने तीनजनालाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री बनाएका छन्।
उनीहरूको आज (आइतबार) साँझ ६ बजे शपथ ग्रहण गर्ने कार्यक्रम छ। उनीहरू तीनैजना एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा आबद्ध छन्।
शनिबार प्रदेश सरकार हेरफेरका क्रममा नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मा दिइएको थियाे भने भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा अमरबहादुर थापाले पाएका थिए।
त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मा कुर्मराज शाहीलाई दिइएको थियाे।
प्रकाशित मिति: १७:३७ बजे, आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











