Kathmandu Press

कोरोनाका कारण दैलेखको दुल्लुमा एकजनाकाे मृत्यु

सुर्खेत, वैशाख ६ : कोरोना संक्रमणका कारण दैलेखको दुल्लु नगरपालिका-२ का ३८ वर्षीय एक पुरुषको मृत्यु भएको छ।ती पुरष १५ दिनअघि मात्र भारतबाट...
कोरोनाका कारण दैलेखको दुल्लुमा एकजनाकाे मृत्यु

सुर्खेत, वैशाख ५ : कोरोना संक्रमणका कारण दैलेखको दुल्लु नगरपालिका-२ का ३८ वर्षीय एक पुरुषको मृत्यु भएको छ।

ती पुरुष १५ दिनअघि मात्र भारतबाट फर्किएका जनाइएको छ। भारतमै कोरोना पुष्टि भए पनि उनी कागजात च्यातेर गाउँ फर्केको खुल्न आएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ। 

नेपालगन्जको रुपैडिहा नाकामा गरिएको परीक्षणमा कोरोना संक्रमित रहेको पाइए पनि उनले सबैलाई ढाँट्दै आएको बताइएको छ।

शनिबार गम्भीर बिरामी भएपछि उपचारका लागि उनी दैलेखको दुल्लु अस्पताल पुगेका थिए।

प्रकाशित मिति: १६:५० बजे, आइतबार, वैशाख ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्