Kathmandu Press

सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउन निर्देशन

काठमाडौं, वैशाख ६ : प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले आफूमातहतका सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउन मन्त्रालयहरुलाई निर्देशन...
सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउन निर्देशन

काठमाडौं, वैशाख ५ : प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले आफूमातहतका सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउन मन्त्रालयहरुलाई निर्देशन दिएको छ। 

सो समितिको आइतबार बसेको बैठकले पर्यटन, उद्योग, यातायात, शिक्षालगायत अन्य सबै मन्त्रालयलाई मातहतका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समावेश गराउन निर्देशन दिएको हो। सामाजिक सुरक्षा योजना प्रभावकारी नदेखिएको भन्दै यस्तो निर्देशन दिइएको हो।

बैठकमा सहभागी अधिकांश सहभागीले सामाजिक सुरक्षा योजनामा सूचीकृत श्रमिक संख्या न्युन रहेकाले सबै क्षेत्रका श्रमिकलाई कोषमा समेट्नुपर्नेमा जोड दिएका थिए। यस योजनामा अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउनुपर्ने उनीहरूको माग थियो।

सांसद विन्दा पाण्डेले घरेलु क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा समेट्नुपर्ने बताइन्। सांसद प्रमोद शाहले निजी क्षेत्रका रोजगारदाताले श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्न आनाकानी गरिरहेकोले कडाइ गर्नुपर्ने धारणा राखिन्।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले अहिले पनि कोषमा सूचीकृत श्रमिकहरू तथा उनीहरूका आश्रित परिवारले कोषबाट सुविधाहरू लिइरहेको बताए।

हाल सामाजिक सुरक्षा कोषमा १३ हजार ७ सय २२ रोजगारदाता र १ लाख ९८ हजार १३६ श्रमिक आबद्ध रहेको तथ्यांक छ।

प्रकाशित मिति: १६:२९ बजे, आइतबार, वैशाख ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्