Kathmandu Press

दैलेखमा बस दुर्घटना, ११ जना घाइते, दुईकाे अवस्था गम्भीर

दैलेख, वैशाख छ : दैलेख-सुर्खेत सडकखण्डअन्तर्गत गुराँस गाउँपालिका-४ गाईबान्नामा ना७ख ६९६३ नम्बरको बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। तीमध्ये दुईजनाको अवस्था गम्भीर...
दैलेखमा बस दुर्घटना, ११ जना घाइते, दुईकाे अवस्था गम्भीर

दैलेख, वैशाख ५ : दैलेख-सुर्खेत सडकखण्डअन्तर्गत गुराँस गाउँपालिका-४ गाईबान्नामा ना७ख ६९६३ नम्बरको बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट दैलेख सदरमुकामतर्फ आइरहेको बस अनियन्त्रित भई सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। उक्त बसमा २९ यात्रु सवार थिए ।

प्रहरीका अनुसार घाइतेको थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ। बसचालकलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १६:०४ बजे, आइतबार, वैशाख ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्