विद्यालयका लागि महायज्ञबाट एक करोड संकलन
दाङ, माघ १२ : घोराही उपमहानगरपालिका–१३ मा बराहक्षेत्र मावि सेवार वनगाँउको आयोजनामा लगाइएको महायज्ञबाट एक करोडभन्दा बढी रकम संकलन गरिएको छ ।
....
दाङ, माघ १२ : घोराही उपमहानगरपालिका–१३ मा बराहक्षेत्र मावि सेवार वनगाँउको आयोजनामा लगाइएको महायज्ञबाट एक करोडभन्दा बढी रकम संकलन गरिएको छ ।
विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा सञ्चालन सहयोगका लागि ‘श्रीमद् भागवत् –धान्याञ्चल विराट नवाह ज्ञान महायज्ञ–२०७५’ संचालन गरिएको थियो ।
महायज्ञबाट एक करोड ८६ लाख दान सङ्कलन भएको मूलआयोजक समितिले जनाएको छ । समितिका अनुसार आम्दानी अझै बढ्नसक्ने छ ।
महायज्ञमा सबै भन्दाबढी दान घोराही–१३ का प्रा.डा. अर्जुनकुमार बुढाथोकीले २६ लाख ११ हजार एकसय ५५ दान दिएको महायज्ञ मुलसमितिका संयोजक बिमला योगीले बताइन् ।
प्रकाशित मिति: १३:४६ बजे, शनिबार, माघ १२, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)